प्रस्तावित बिधान Last Updated: Aug 20, 2015 09:05pm

सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी-बैनीहरु,
सबैमा नमस्कार !

नेपाली समाज टेक्सास (NST) को जुन २८ आइतबार बसेको पूर्ण बैठक ले नेपाली समाज टेक्सास का पूर्ब अध्यक्ष श्री गौरी राज जोशी को संयोजकत्वमा पूर्ब अध्यक्षहरु श्री बैकुण्ठ बिक्रम थापा तथा श्री रामचन्द्र पोखरेल सदस्य रहेको ३ सदस्यीय नेपाली समाज टेक्सास को बिधान संसोधन कमिटि गठन गरिएको अबगत नै छ। 

उक्त बिधान संसोधन कमिटि ले प्रस्तावित बिधान, NST EC द्वारा विभिन्न संघ /संस्थाहरु सहित भइ छलफल गरि, NST कार्यकारणी समिति को बैठकले समेत तयार पारेको सम्पूर्ण सुझाब सहित बिधान संसोधन कमिटि मा पठाएर, प्राप्त संसोधन सहितको बिधान को Final प्रस्तावित बिधान सार्बजनिक अध्ययन का लागि प्रकाशित गरेका छौ। 
 
आगामी आइतबार निम्न मिति, स्थान र समयमा हुने नेपाली समाज टेक्सासको साधारण सभामा यस बिधान लगायत अन्य समाज का सम्पूर्ण गतिविधिमा हुने छलफलमा यहाको उत्साहपूर्ण सहभागिताको अनुरोध गर्दछौ। बिधान मा समाहित हुन बाँकी रहेका बुंदाहरुमा GA मा छलफल गरिने छ। प्रस्तावित बिधान यसै इमेल मा संग्लग्न छ। 

मिति: August 23 , आइतबार
समय: ठिक 2:०० बजे 
स्थान: NST कार्यालय 
(2016 W. Grauwyler Rd, Irving, TX 75061)

धन्यवाद,
विजयराज भट्टराई 
महासचिब
नेपाली समाज टेक्सास (NST)

Download the copy of the proposed bylaws

Download the suggestions sent by NST EC