[NST] Fundraising Dinner Gala For Flood Victims

Last Updated: Aug 20, 2017 07:00pm

 

सम्पूर्ण ड्यालसबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सादर नमस्कार ।
यतिखेर हामी मातृभूमिमा परेको पीडाले हामी प्रवासमा रहेका नेपालीहरु पनि चैनमा छैनौ । विशेषगरि गत साता पूर्बको झापादेखि पश्चिमको चितवनसम्म गएको बाढीले गर्दा सयौँजनाको ज्यान गएको छ । हाम्रा हजारौ आफन्तहरु घरबार विहीन हुन पुगेका छन् । व्यबसाय ठप्प हुन पुगेको छ । दैनिक जनजीवन अस्तव्यस्त छ । अवस्था असाध्यै सकसपूर्ण छ ।
यो अवस्थामा हामी विकसित देशमा आइपुगेकाहरुको मन पनि असाध्यै रोएको छ । यो घडीमा हामीले थोरैमात्र पनि केही गर्न सक्यौँ भने उता रहेका हाम्रा आफन्त, वन्धुवान्धवको पीडामा थोरै भएपनि मलहम पुग्ने कुरो सत्य हो । यसो हुँदा नेपाली समाज टेक्ससले राहत संकलनलाई तीब्र बनाएको छ । गोफण्ड खाता मार्फत राहत संकलन सुरु भइसकेको छ । तपाई हामीले गरेको सानो सहयोगले पनि मातृभूमिमा रहेका हाम्रा आफन्तलाई ठूलो भरथेग हुनेछ । आउनुस्, यो महान अभियानमा तपाई हामी सबैले हातमा हात मिलाएर सहयोग गरौँ । तपाई हाम्रो सानो सहयोग पनि उता ठूलो मलहम हुनेछ । सबैले सहयोग गरौँ, जति सकिन्छ त्यतिनै गरौँ ।
यसै क्रममा आइतबार साँझ नेपाली समाजले पीडितको सहयोगार्थ अर्बिङस्थित रमाइलो रेष्टुरेन्टमा गाला डिनर कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रममा उपस्थित भएर पीडितको सहयोग अभियानमा सहभागी भइदिनुहुन समेत सबै टेक्ससबासी नेपाली समुदायमा बिनम्र अनुरोध गर्दछु ।
नेपाली समाज टेक्ससले संकलन गरेको रकम पारदर्शी रुपमा तपाई समक्ष अन्तिममा सार्वजनिक गर्नेछ । कसैले पनि सहयोगको दुरुपयोग हुने कुरामा आशंका नगरि सहयोग गरिदिनुहुनु विनम्र अनुरोध गर्दछु ।